काठमाडौँ, १२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले निर्वाचन जित्ने बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै निर्वाचनमा लडेर जित्ने दाबी गरेका हुन् ।
उनले अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको बताए । उनले सबै पार्टीहरु एकतिर लागे पनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा(एमाले)को साथमा रहेको बताए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरेका थिए ।