काठमाडौँ, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य रमेश लेखकले सभापति शेरबहादुर देउवाले पार्टीलाई पहिलो बनाउन सफल भएको बताएका छन्।
शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता लेखकले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा सभापति देउवाले पार्टीलाई पहिलो बनाएको बताएका हुन् ।
उनले देउवाको नेतृत्वमा तीन वटै तहमा पार्टीलाई पहिलो बनाउन सफल भएकोमा देउवाको मुक्तकण्ठले प्रशंशा गरेका थिए ।
‘गठबन्धनको ठूलो उपलब्धि गरेका छौँ । सभापति शेरबहादुरजीको नेतृत्वमा कांग्रेस तीनवटै तहका सरकार र संसदमा सबैभन्दा ठूलो पार्टीका रूपमा उदाएको छ। यो गठबन्धनको राजनीतिक नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । यसको स्थिरता, सुदृढता र स्थायित्वका बारेमा के दृष्टिकोण बनाउँदै छौँ त्यसले दूरगामी प्रभाव पार्छ,’ उनले भने ।







