Logo

सभापति देउवाले उदारता देखाउन जरुरी छ: पौडेल



काठमाडौँ, २७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सबै पक्षको ‘स्पेस छ’ भन्ने देखाउनुपर्ने बताएका छन् ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमितको बैठकमा लिखित धारणा राख्दै उनले सम्मुखमा निर्वाचन रहेको भन्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पनि बताएका छन् ।

सभापतिले उदारता देखाउनुपर्ने उनको भनाइ छ । “सभापतिले उदारता देखाउन जरुरी छ । अरुले पनि निर्वाचन हुन लागेको समयको संवेदनशीलता बुझ्न जरुरी छ,” उनले बैठकमा भनेका छन् ।

निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाएर जानुपर्ने उनले बताएका हुन् । उनले चुनावी गठबन्धनका लागि गठबन्धनको राम्रा-नराम्रा पक्षमा छलफल हुनेपर्ने धारणा पनि राखेका छन् ।

गठबन्धन नगरी सिट बढाउन सक्ने भए त्यस्तो उत्तम हुने र गठबन्धनमा नजाँदा विरुद्धमा बन्ने गठबन्धनको ध्यान दिन उनले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्