Logo

सभापति देउवा आज सिंगापुर जाने



काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदैछन् ।

स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

पेटसम्बन्धी समस्या देखिएपछि उनले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् । उनी पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्