काठमाडौँ, ४ माघ । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिनुभएकी ईश्वरी न्यौपानेले आफू विजयी बन्ने दाबी गरेकी छन् ।
बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले आफ्ना लागि जित्ने आधारहरू भनेकै प्रतिनिधि सभाका सदस्य भएको बताइन् ।
चुनाव अघिसम्म आफू नेपाली कांग्रेसको नेता भए पनि सभामुख बनेपछि सबैको सभामुखको रूपमा काम गर्ने उनको भनाइ छ ।
उनले भन्नि, ‘म यो चुनावमा पक्कै जित्छु । मेरो जित्ने आधारहरू सांसदको मत हो । चुनावअघि म नेपाली कांग्रेसको नेता भए पनि सभामुखमा चुनाव भइसकेपछि म सबैको सभामुख हो । मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थरूपमा रहेर सांसद र संसद्प्रति न्याय गरेर सकेसम्म राम्रोसँग चलाउँछु ।’







