Logo

सभामुखको लागि संसदमा चुनावी प्रक्रिया सुरु



काठमाडौँ, ५ माघ । प्रतिनिधिसभाको बैठकमा सभामुखको लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

सभामुखमा लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् ।

कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।

गठबन्धनमा रहेका माओवादीका ३२, एमालेका ७९, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ गरेर एक सय ४५ मत सुनिश्चित रहेकाले एमालेका घिमिरेलाई बहुमत पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्