Logo

सभामुखमा न्यौपाने र घिमिरेबीच प्रतिस्पर्धा



काठमाडौँ, ४ माघ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार घिमिरे र न्यौपानेको मात्रै उम्मेदवारी परेको हो ।

सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय तोकेको थियो ।

मनोनयनको समय सकिएपछि सचिवालयले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्