
काठमाडौँ, १९ वैशाख । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ताविरुद्धको मुद्दा सोमबार हेर्न नभ्याइनेमा परेको छ ।
सर्वोच्च अदालतले सोमबार न्यायाधीशद्धय कुमार रेग्मी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाई तोकेको थियो।उक्त मुद्दा पटकपटक पेशीमा चढे पनि सुनुवाई सुरु हुन सकेको छैन ।
एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ १३ गते छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । रिटमा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसद पदमुक्त भईसकेको र त्यसैलाई आयोगले मान्यता दिएर नयाँ दलको मान्यता दिनु संविधान विपरित भएको उल्लेख गरिएको छ । साथै एमालेले १४ सांसदलाई पदमुक्त गर्न माग गरिएको छ । उक्त तीन रिटमा निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा, नेता नेपालसहित १४ सांसद र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई विपक्षी बनाइएको छ ।







