काठमाडौँ, ३ भाद्र । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् ।
आज बिहान ११ बजे उनले सिंहदरबारस्थित आफ्नै सचिवालयमा बैठक बोलाएका हुन् ।
सदनमा भइरहेको एक महिनादेखिको गतिरोध हटाउने प्रयासका लागि घिमिरेले बैठक बोलाएका हुन् । प्रतिनिधिसभाको बैठक आइतबारका दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले करिब एक महिनादेखि सदन अवरोध गर्दै आएको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद् चल्न नदिएको हो ।
सरकार छानबिन समिति नबनाउने र प्रतिपक्षी दल बनाउनै पर्ने अडानमा टसमस हुँदा संसद बैठक चल्न नसकेको हो ।







