Logo

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक



काठमाडौँ, २२ असार । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

संसद्‌मा देखिएको अवरोधको विषयमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ ।

बैठक आज दिउँसो साढे १ बजे संसद् भवन वानेश्वरमा बस्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरिरहेको छ ।

भारतले चाहेमात्र नेपालमा सरकार बन्ने आशयको अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिएपश्चात् बुधबारको प्रतिनिधिसभा बैठकमा एमालेले समस्या खडा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्