Logo

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता



नयाँ दिल्ली, १९ चैत । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच ‘वान टू वान’ वार्ता भएको हो।

भेटवार्तापछि प्रधानमन्त्रीद्वले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन गर्दैछन् ।

कार्यसूचीअनुसार वार्तापछि दुवै प्रधानमन्त्रीले चार वटा परियोजना उद्घाटन गर्ने र संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डल स्तरीय वार्तापछि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्