होला नहोला, होला नहोला भन्दाभन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचन मतदान कार्यको नजिक पुगेको छ । यी हरफ लेख्दा मतदान थाल्न डेढ दिन मात्र बाँकी छ । अहिलेसम्म इलामतिरको निर्वाचन कार्यक्रम शान्तिपूर्णरुपले चलेको छ । साँच्चै भन्दा यसपालि निर्वाचन सभामा फल्नाले फल्नालाई वा फल्ना पाटीले अर्को पाटीलाई गाली ग¥यो भनेको समेत सुन्नु परेको छैन । लोकतन्त्रमा विश्वास गर्ने नागरिकका लागि यो सबैभन्दा खुसीको कुरा हो किनभने स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । बरु देउमाई नगरपालिकाको केन्द्र मंगलबारे बजारमा सबै पार्टीका उम्मेद्वारहरुलाई एउटै मञ्चमा राखेर मतदाताहरुले तिनीहरुको प्रतिबद्धताको माग गरे भन्ने सुनियो । ककस भनिने यस्तो अभ्यास पश्चिमी विकसित देशहरुमा चलेको छ भनेर जानकारहरु बताउँछन् । यता, जेसिज भन्ने संस्थामा पनि त्यो अभ्यास थियो, सायद अभैm होला ।
इलाममा चार नगरपालिका र छ गाउँपालिका बनाइएका छन् । जिल्ला सदरमुकाम रहेको देशकै पुरानो साविकको इलाम नगरपालिकामा अरु सात गाविस थपेर १२ वडा बनाइएको छ । आमसभाका नाममा गत १० र ११ गते क्रमशः कांग्रेस र एमालेले सदरमुकाम इलाम बजारमा शक्ति प्रदर्शन गरे । संख्याकै कुरा गर्दा एकाध सय घटी बढी थियो होला । तर, गाउँ–गाउँबाट आएका दुवै दलका समर्थक र कार्यकर्ताहरु संयमित, अनुशासित र मैत्रीपूर्ण भावमा देखिन्थे । सभा सुन्न दुबै सभामा दुबै पक्षका उपस्थित थिए । त्यो देख्दा लाग्छ अब हाम्रो लोकतन्त्र निकै वयश्क भइसकेको छ ।
अहिलेसम्मको वातावरण हेर्दा लाग्छ यहाँ निर्वाचन सम्पन्न गर्न प्रहरी प्रशासन आवश्यक छैन । दलहरुले नै सन्तुलन मिलाएर भयरहीत वातावरणमा मतदान गर्ने काम सम्पन्न गराउँन सक्छन् । बरु कर्मचारीले तलमाथि गर्ने धृष्टता गरे भने अशान्ति हुनसक्छ । त्यसको सम्भावना नभएको होइन, उनीहरुमध्ये धेरै यो वा ऊ दलको पक्षधरता राख्दछन् । तर मतदाताको कडा पहरेदारीले समेत तिनलाई मति बिगार्नबाट बचाउलान् भन्न सकिन्छ ।
निर्वाचन सम्पन्न नभएको अवस्थामा सञ्चारकर्मीले यो वा त्यो पार्टीले जित्छ भन्नु आचारसंहिता विपरीत हुन्छ भनिन्छ । तर, इलाम नगरपालिकामा यसले जित्छ वा उसले भन्दा पनि कांग्रेस र एमाले प्रतिस्पर्धामा छन् भन्नु वस्तुपरक होला । हारजीत यी दुई दलबीचकै कुरा हो । अरु दलले अस्तित्व रक्षाका लागि मात्रै उम्मेद्वारी दिएका हुन् । यी साना दल र ठूला दुई दलबीच मौन अवधिमा देनालेना समेत हुन सक्छ । यसले अपेक्षित परिणाममा निकै हेराफेरी ल्याउन सक्दछ ।
यहाँको अर्को रमाइलो पक्ष के छ भने २०५४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेका तर्पmबाट नगरप्रमुखका उम्मेद्वार जो थिए यसपालि पनि नगरप्रमुखका उम्मेद्वार उनीहरु नै छन् । ७० जति मतको अन्तरले एमालेले कांग्रेसलाई पराजित गरेको थियो । त्यसले गर्दा पनि एमाले उम्मेद्वारको मनोविज्ञान अलिक दरो भएको हुनसक्छ । साथै वडा अध्यक्ष पदमा उम्मेद्वार चयनको विषयले कांग्रेसभीत्र तीव्र असन्तुष्टी उब्जेको थियो । त्यसले पनि कांग्रेस पक्षलाई सानोतिनो असर गर्न सक्छ ।
यसपालि कांग्रेसले इलाम नगरपालिकाको विभिन्न पदमा उम्मेद्वार तय गर्दा साझा सिद्धान्तको पालना गर्न सकेन । नेतृत्वले गुटकरण गरेकाले कार्यकर्तातहमा निकै असन्तुष्टी छ । त्यो असन्तुष्टीलाई मतदानको घडीसम्ममा कति व्यवस्थापन गर्न सक्छन् त्यसले मत परिणामलाई उनीहरुकै लागि अनपेक्षित बनाउन सक्छ । यसरी उम्मेद्वार चयनको कार्यलाई कांग्रेसले गुटरकण नगरेको भए यसमा उसको जीतको सम्भावना निकै उच्च थियो । साविक इलाम नगरपालिकामा टाउको गन्दा घटीमा हजारले एमालेलाई उछिन्छ भन्ने गरिन्छ ।
अर्को प्रतिस्पर्धी दल एमालेभित्र पनि असन्तुष्टी विकराल छ भनेर गफ दिन कांग्रेसहरु कम छैनन् तर उसका उम्मेद्वार छनोटमा खासै विवाद भएको देखिएन । केन्द्रीय नेतृत्वदेखि नै लाइन आयो भने एमालेभित्र पनि अन्तर्घात नहोला भन्न चाहिँ सकिन्न । तर, अहिलेसम्म उनीहरु मिलेरै खटिरहेको सन्देश दिइरहेका छन् । यति हुँदाहुँदै पनि नगरप्रमुख पद कांग्रेसकै पोल्टामा जान्छ भन्ने पनि कम छैनन् ।
वास्तवमा इलाम कांग्रेसमा समन्वयकारी नेतृत्व नै देखिँदैन । पदीय हिसाबले जिल्ला सभापतिले त्यस्तो समन्वय गर्नु पर्ने हो तर जिल्ला सभापति स्वयम् नगरप्रमुख पदका उम्मेद्वार भए । निर्वाचित सांसद गुटबन्दीका लागि नामुद खेलाडी हुन् । देउवा पक्षका उनले यसबेला आप्mनो हैसियत देखाउने नै भए । अर्को रमाइलो के भयो भने यहाँका हस्ति गत महाअधिवेशनबाट देउवा पक्षमै लागे । त्यसरी पनि सांसद देउवा पक्षका जिल्लाका जेठा नेता बन्न पुगेका छन् । चुरीफुरी बढेको छ ।
केही पदका लागि भएको विवादलाई साम्य पार्न समन्वयकर्ताहरु यस बेला आप्mना स्वर्गीय नेता बीपी कोइरालाको अडान र त्यागलाई उदाहरणका रुपमा कार्यकर्तामाझ प्रस्तुत गरिरहेका छन् । धेरैलाई थाहा नभएको त्यो प्रसङ्ग हालसालै सार्वजनिक भएको थियो । कान्तिपुर कोसेलीमा बीपीको जीवनको उत्तरार्धको एउटा घटना प्रसङ्ग प्रकाशित छ– “बीपी र राजा जुधाएर आप्mनो स्वार्थ पूरा गर्ने दाउमा विदेशी र स्वार्थी पञ्चहरु लागेकै थिए । यस्तै अन्योल चलिरहेका बेला राजतन्त्रको अन्त्य गरी बीपीलाई नेपालको पहिलो राष्ट्रपति हुने वातावरण बनाइदिने प्रस्ताव लिएर कोही व्यक्ति जयबागेश्वरीस्थित उनको निवासमै पुग्यो ।
विश्वासिलो भएका कारण बनारसदेखि नै कांग्रेस नेता बलदेव मजगैयासँग बीपी भन्नै नहुनेवाहेक सबै बिषयमा खुलेर कुरा गर्थे । पूर्वमन्त्री मजगैया भन्छन्, ‘यो कुरा कसैलाई सेयर गरेको थिइनँ । बीपीले आपूmलाई राष्ट्रपति बनाइदिने प्रस्ताव आएको सुनाएपछि मैले सोधेँ, सान्दाजु त्यो व्यक्ति नेपाली, भारतीय वा अमेरिकी होकि अरु नै कोही हो ? उहाँले भन्नुभयो– तीमध्ये कोही पनि होइन । मैले दुई पटक त्यो मानिसबारे बुभ्mन खोजेँ, तर उहाँले बताउनुभएन । बीपीसँग थप सोध्ने आँट त्यो बेला ममा आएन ।
प्रस्ताव लिएर आउने मानिसलाई बीपीले भन्नु भएछ, यति ठूलो निर्णय गर्नु अघि साथीहरुसँग छलफल गर्नलाई मलाई कम्तिमा ४८ घण्टाको समय चाहिन्छ ।
त्यो बेला बीपीले दरबारलाई गुन लाए भन्ने हल्ला व्यापक चलेको थियो । शशांक सम्झन्छन्, ‘सायद राजासँग कुनै प्रकारले बीपीको सम्वाद भएको हुनुपर्छ ।’
संयोग नै भनौँ, बीपीलाई राष्ट्रपति बनाइदिने प्रस्ताव आएको ४८ घण्टाभित्रै जनमतसंग्रह घोषणा भयो । अनि राष्ट्रवादी छवीका प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई राजीनामा गराइयो र भारतनिकट मानिएका सूर्यबहादुर थापा प्रधानमन्त्री बने ।
जनमसंग्रह घोषणा भएलगत्तै गणतन्त्रको प्रस्ताव गर्ने उही व्यक्तिले बीपीलाई सोध्यो, के निर्णय गर्नुभयो त बीपी ? बीपीले उसलाई भन्नुभयो, जनमत संग्रह घोषणा भयो, अब हामी चुनावमै जान्छौँ ।
कांग्रेस नेता मजगैया भन्छन्, त्यही बेला मैले बीपीसँग सोधेको थिएँ, तपाईं जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो । राजाले प्रजातन्त्र समाप्त पारे । संसद् भङ्ग गरे । बिनापुर्जी तपाईंलाई आठ वर्ष थुनियो, आठ वटा राजकाज मुद्दा लगाइयो । यस्तो राजालाई किन रनख्नुप¥यो सान्दाइ ?
बीपीसँगको वार्तालाप स्मरण गर्दै मजगैया भन्छन्, राजसंस्थालाई चुट्कीको भरमा फाल्न सक्नेले उसैले बनाएको मानिसलाई फाल्न कति समय लाउला ? हाम्रो देशको राजनीतिक स्थिरता के होला ?
त्यो सुनेर मजगैयाले भनेछन्, त्यसो भए सान्दाइ, त्यति बेलै राजसंस्था फालेर गणतन्त्रमा हामी जान्नौँ किन भन्नुभएन ? मेरो चेहरातर्पm एकोहोरो हेर्दै बीपीले भन्नुभयो, मैले हुन्न भनेको भए उसले अर्को पात्र खोज्न सक्थ्यो । त्यो त झन् मुलुकको हितमा हुने थिएन ।’
जगत नेपालको त्यो आलेख यता टिकटको खिचलो सुरु हुने मुखैमा प्रकाशित थियो । त्यसैले असन्तुष्टहरुलाई सम्झाउँदा उपरोक्त सन्दर्भ पुराण सुनाई राष्ट्रिय हितलाई ध्यानमा राखेर राष्ट्रपति बन्ने अवसरलाई सजिलै लत्याउन सक्ने व्यक्तिलाई नेता मान्नेहरुले एउटा नगरपालिका वा गाउँपालिकाकोे प्रमुख पदको उम्मेद्वार बन्नका लागि आप्mनो ऐतिहासिक साङ्गठनिक संरचनालाई नै बाजिमा राख्ने काम गर्नु हुँदैन भनेर सम्झाउने गरेको सुनिन्छ । नेपाली राष्ट्रियताको रक्षक आपूmलाई ठान्ने कांग्रेसका नेता कार्यकर्ता आप्mनो पार्टी कमजोर भयो भने राष्ट्रियता कमजोर हुने भन्दै आएका छन् । तर, अचेलका कांग्रेसलाई राष्ट्रियतामाथिको खतराको विषयले कति छुन्छ छुँदैन त्यो बेग्लै विषय हो । प्रतिदिन दैनिकबाट