Logo

समयमा काम सक्ने पद्धति बसालौं: प्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौँ, २३ मङ्सिर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले समयमा काम सक्ने पद्धति बसाल्दा विकासले गति लिने बताएका छन् ।

बागलुङमा निर्माणाधीन उच्च अदालतको भवन निरीक्षणपछि शनिबार प्रधानन्यायाधीश श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न नहुँदा राज्यको बजेट दुरुपयोग भएको बताएका हुन् । उनले निर्माणाधीन योजना समयमा सक्न पनि निर्माण कम्पनी र प्राविधिकलाई निर्देशन दिए ।

‘ठूला आयोजनाहरू ठेकेदारले अलपत्र पारेको समाचार आउँछन्, समयमा सकेर बोनस खानुस्,’ उनले भने, ‘समयमा काम गर्ने पद्दती बसेमा निर्माण कम्पनीप्रति विश्वास बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्