विराटनगर, २९ चैत । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताएका छन् ।
उनले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएका भन्दै अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने बताए ।
निर्वाचन आयोग नेपालले विराटनगरमा आज आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्धबोधन गर्दै आयुक्त थपलियाले निर्वाचन प्लेनको उडानमा हैन, रकेटको गतिमा अघि बढेको भन्दै अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जाने बताए ।
उनले प्रत्येक जिल्लामा निर्वाचन अधिकृत तोक्नेदेखि मतपत्र छाप्ने काम भइरहेको बताए ।