Logo

समलिङ्गी विवाहलाई कानुनी मान्यता



काठमाडौँ, १ फागुन । बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ ।

बढैयाताल-२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर-५ निवासी गुरुङ दुवै महिला हुन् । झण्डै पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका-२ वडा कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाहबन्धनमा बाँधिएका हुन् ।

अञ्जु र सुप्रिताले विवाह दर्ताका लागि २०८० माघ ४ गते वडा कार्यालयमा निवेदन दिएपछि पञ्जीकरण विभागको प्राविधिक शाखासँग समन्वय गरेर उनीहरूको विवाह दर्ता प्रमाणपत्र जारी भएको बढैयाताल-२ का स्थानीय पञ्जीकाधिकारी एवम् वडासचिव दीपक नेपालीले जानकारी दिए ।

अञ्जु अहिले बाँकेको कोहलपुर-५ मा बस्दै आएकी छन् । सुप्रिता बेलायतमा बस्छिन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको क्षेत्रमा कार्यरत संस्था पश्चिम तारा नेपालकी अध्यक्ष परिना चौधरीले अञ्जु र सुप्रिताको विवाह दर्ताले आफूहरू खुसी भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्