Logo

समाचार प्रकाशन भएको केही घण्टामै गाडी भाडा घट्यो



फायल तस्बिर

बझाङ, १९ पुस । खप्तडछान्ना गाउँपालिकामा चल्ने जीपलगायतका सवारी साधनले १५ किलोमिटर सडकमा यात्रा गर्दा यात्रुसँग सय ५० रुपैया भाडा लिने कुरा सोमबार अपरान्ह देखि नै सवारीसाधनले नियम विपरितको भाडा घटाएका छन् । राससको बुलेटिन देशभरका सञ्चारमाध्यमले प्रकाशन गरे पछि अपरान्हबाट भाडा घटेको हो ।

गाउँपालिकाले अध्यक्ष उत्तम रोकाया र उपाध्यक्ष विष्णु थापासहितको उपस्थितिमा आर्थिक वर्ष २०७९÷०८० को गाउँसभाबाट विसं विसं २०७९ असार ९ गते र १० गते बसेको बैठकले नयाँ गाडी भाडादर कायम गरेको थियो । पेट्रोलको मूल्य बढेको, बाढीले सडक अवरूद्ध गरेको भन्दै नयाँ भाडादर लागू गरिएको थिएन ।

गाडी भाडाको विषयलाई लिएर समाचार प्रकाशित भएपछि असारको बैठकले तोकेको भाडादर कार्यान्वयन गरेको खप्तडछान्ना–४ का पुष्पराज रोकायाले बताए । नयाँ भाडा दरअनुसार तमैलदेखि गोटखोलाको ७५ रूपैयाँ, खोलामोरासम्म रू ९०, कुचेखोला रू एक सय, ऐँचेलीबगर रू एक सय २५, छेलोउचाउने रू एक सय ५०, पसलबगर रू एक सय ६०, घाँटखोलाको रू एक सय ७५, कालुखेती रू दुई सय २५, छात्रवष्ठी रू दुई सय ९०, भालुवाङ रू तीन सय २० र गडराडसम्मको रू तीन सय ९० तोकिएको निर्णय कार्यान्वयन आएको हो ।

त्यस्तै तमैलदेखि निमसम्म रू एक सय २५, जिमकोटको रू एक सय ५०, पुरानीको रू एक सय ७५, खत्रीवाडाको रू दुई सय, सिल्कावाडाको रू दुई सय ५०, सिप्टिकोटको रू दुई सय ७५ र लम्तडा सम्मको रू तीन सय तोकिएको प्रहरी सहायक निरीक्षक सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

पन्तका अनुसार भाडाको विषयलाई लिएर देशभर समाचार प्रकाशन भएपछि नयाँ भाडादर कायम गरिएको हो । उनले भने, “भाडाको विषयमा पहिले नै निर्णय भएको रहेछ, सोमबार समाचार प्रकाशन भएपछि जिल्लाबाट नयाँ भाडादर कायम गराउन आदेश आयो र अहिलेदेखि नै नयाँ भाडादर कायम गराएका हौँ ।”

अब तोकिएको भन्दा बढी कसैले भाडा लिएमा कारबाही गर्ने उनले बताए । “अब तोकिएको भन्दा बढी भाडा कसैले लिने छैन । यदि उक्त भाडादरभन्दा बढी भाडा असुल गरेको खण्डमा प्रहरी चौकी छान्ना बझाङको सीयूजी नम्बर ९८५८४८८२४१ मा सम्पर्क गर्न अनुरोध गरेका छौँ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्