Logo

समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजान आवश्यक: सभामुख



काठमाडौँ, २५ चैत । सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताए ।

उनले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरु कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लबले गरेका कामहरुबाट सिक्दै अघि बढ्न आवश्यक रहेको बताए । सभामुख घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागरे देशको आवश्यक्तालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘अहिले हामी राजनीतिक ठूलो परिवर्तन गरेर समाजलाई आर्थिक र सामाजिक विकास गरेर महत्वपूर्ण घडीमा आइरहेका छौँ । अनेकौँ चुनौतीहरुको सामना गरीरहेका छौँ । यतिबेला हाम्रो समाजले हाम्रो प्रणालीलाई र प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्युहरुलाई कुर्सीको लागि होडबाजी मात्रै गरेका हुन् की भन्ने प्रश्न खडा हुन थालेको छ । लायन्स क्लबले गरिरहेका काम र प्रणालीहरु पदको लागि कुनै कोसिस गर्नु नपर्ने, आम सदस्य प्राप्त गर्दैगर्दा पनि सदस्यको लागि आफ्नो चाहना र इच्छा भन्दा पनि संस्थाको आवश्यक्ता र मूल्यांकनको आधारमा सदस्यता प्रदान गर्ने कुरा देखिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्