Logo

समाजलाई जोड्न धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यम: डा.यादव



जनकपुरधाम, २७ फागुन । पूर्वराष्ट्रपति डा.रामवरण यादवले समाजलाई जोड्नका लागि धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमका रूपमा रहेका बताएका छन् ।

मिथिला क्षेत्रको महत्वपूर्ण सांस्कृतिक पर्व मिथिला माध्यामिकी परिक्रमाको आज शुभारम्भ गर्दै पूर्वराष्ट्रपति डा.यादवले माध्यमिकी परिक्रमा मिथिलाको सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएकाले यसले समाजलाई जोड्ने काम गरिरहेको बताएका हुन् ।

“मिथिलाको सांस्कृतिक इतिहास हजारौँ वर्ष पुरानो छ । यो यहाँको सभ्यता र पहिचान पनि हो । त्यसैले यसको संरक्षणका लागि सबैले भूमिका खेल्न जरुरी छ”, पूर्वराष्ट्रपति डा.यादवले भने ।

प्रतिक्रिया दिनुहोस्