Logo

समाजवादी मोर्चाको संयोजकमा विप्लव



काठमाडौँ, ६ फागुन । समाजवादी मोर्चाले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको छ ।

आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।

बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बताएका छन् ।

उनले बैठकमा समसामयीक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताए । उनले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिट्टै अर्को बैठक बस्ने बताएका हुन् ।

‘समसायीक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भयो। थुप्रै त्रुटिहरु छन्, ति त्रुटिहरुको सामना गर्दै मोर्चालाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । मोर्चा जति गतिशिल र प्रभावकारी बनाउनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । आगामी दिनमा अझ शक्तिशाली र प्रभावकारी रुपमा अघि बढाउनपर्छ भन्नेकुरा भएको छ ।’ महासचिव गुरुङले भने, ‘त्यसको लागि शीर्ष नेताको बीचमा घनिभुत रुपमा छलफल हुनुपर्छ भन्ने छ । मोर्चाको नेतृत्व दुई कार्यकाल माधवकुमार नेपालजीले गर्नुभयो । अबको पालो नेकपाका महासचिव कमरेड विप्लवले गर्ने कुरा भएको छ । कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको छ ।’

प्रतिक्रिया दिनुहोस्