Logo

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो



काठमाडौँ, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको छ ।

दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

उहाँ केही बेरअघि पूर्वी पहाडी क्षेत्रको बाढी, पहिराले पुर्‍याएको क्षति र त्यहाँको वस्तुस्थिति बुझन् जानुभएको छ,’ उनले भने ।

आज अपराह्न माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्