Logo

समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड: विप्लव



काठमाडौँ, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित ‘समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रममा महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताएका हुन् ।

उनले सरकारमा भएको र सङ्घर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताए । देशको राजनीति अत्याशलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको उनको भनाइ छ ।

उनले भने, ‘समाजवादी मोर्चा नेपाली राजनीतिको एउटा नयाँ मोड हो । नयाँ प्रयोग हो यो । सरकारमा भएको पार्टी र सङ्घर्ष गरिरहेको पार्टी यो मोर्चामा छ । नेपालको इतिहासमा एउटा संयोग बन्न आइपुगेको छ । सात बुँदे घोषणापत्र लिएर तपाईँहरूको बीचमा उपस्थित भएका छौँ । पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्