काठमाडौँ, १६ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको संशोधित बन्दसूची पेश गर्ने आज अन्तिम दिन रहेको छ ।
समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची बुझाएका दलहरुले आज साँझसम्म संशोधित सूची बुझाइ सक्नुपर्नेछ। निर्वाचन कार्यतालिका अन्तर्गत दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिकको बन्दसूची बुझाएका थिए ।
समानुपातिकतर्फ ४८ दल दर्ता भएकामा हिजोसम्म ३६ दलले संशोधित बन्दसूची बुझाइसकेका छन् । बाँकी १२ दललाई आजसम्ममा संशोधित बन्दसूची बुझाउन आयोगले पत्राचार गरेको छ ।







