Logo

समानुपातिकतर्फ मतगणना : ५४ लाख ८९ हजार गनिसक्दा कुन दलले ल्याए कति ?



काठमाडौं, २४ फागुन । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणना पनि तीव्र पारेको छ।

आयोगको तथ्यांकअनुसार अहिलेसम्म ५४ लाख ८९ हजार ९८८ मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मात्रै २६ लाख ९९ हजार ३४१ मत प्राप्त गरेको छ।

यस्तै नेपाली कांग्रेसले ९ लाख ०८ हजार ०५६ मत ल्याएको छ। नेकपा एमालेले ७ लाख ८३ हजार ७३७ मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३ लाख ७५ हजार ०२९ मत पाएको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ हजार ९४ हजार ३९० मत ल्याउँदा श्रम संस्कृति पार्टीले १ हजार ४१ हजार ८३२ ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्