काठमाडौँ, ६ मंसिर । नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतगणनामा समानुपातिकतर्फ १ लाख मत पुर्याएको छ ।
अहिलेसम्म एमालेले १ लाख ६ हजार ९४ मतसहित अग्रता कायम राखेको छ ।
यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले ९० हजार ५ सय ५३ मत प्राप्त गरेको छ । ४७ हजार ५३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३९ हजार ७ सय ४६ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको राप्रपाले २६ हजार ५ सय ३९ मत प्राप्त गरेको छ ।







