Logo

समानुपातिकमा कुन दलले कति सिट पाए?



काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट सङ्ख्या सार्वजनिक गरेको छ ।

आयोगले बुधवार सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा एमालेले ३४ सिट पाएको छ । दोस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ३२ सिट पाएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले पाँच-पाँच सिट पाएका छन् ।

यस्तै प्रदेश सभामा एमालेले सातै प्रदेशमा गरी ७० सिट जितेको छ । यस्तै कांग्रेसले ६४, माओवादीले २९, राप्रपाले १७ तथा एकीकृत समाजवादी, जसपा र जनमतले नौरनौ सिट पाएका छन् ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले पाँच, लोकतान्त्रिक समाजवादीले तीन, नेपाल मजदुर किसान पार्टीले दुई तथा नेपाल सङ्घीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले एक-एक सिट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्