Logo

समानुपातिक मत अपडेट: रास्वपाले कटायो ५० लाख, अरू दलले कति पाए भोट



काठमाडौं, २६ फागुन । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड चार लाख ४३ हजार हजार २७२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख मत कटाएको हो । सबैभन्दा बढी मत पाएको रास्वपाले ५० लाख १४ हजार ८९१ मत पाएको छ ।

यस्तै, नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६, नेकपा ९एमाले०ले १४ लाख १३ हजार ०६९, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६८ हजार ३२७, श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४६८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३७५ मत प्राप्त गरेको छ ।

समानुपातिकतर्फ मतगणना जारी छ ।

प्रत्यक्षतर्फको मतगणना भइसक्दा रास्वपाले १२५ सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस्