Logo

समानुपातिक सांसदलाई विभेद गरियो: पौडेल



काठमाडौँ, २४ साउन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरिएको बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।

सांसद पौडेलले प्रत्यक्ष निर्वाचित सदस्यलाई जति अधिकार छ, त्यो पूर्ण अधिकार समानुपातिक सदस्यलाई पनि छ भन्ने कुरा ऐन बनाएर जान जरुरी रहेकामा जोड दिइन् ।

उनले महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा छुट्ट्याएर जानुपर्ने र त्यसको कति संख्या छुट्ट्याउने भन्ने कुरामा छलफल हुन आवश्यक रहेको औँल्याइन् ।

प्रतिक्रिया दिनुहोस्