काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय महाराजगन्जमा बसेको हो ।बैठकबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाउने तयारी छ ।
रास्वपाले प्रतिनिधिसभातर्फ समानुपातिकबाट १३ सिट जितेको छ । यो पार्टीले प्रदेशसभामा उमेदवारी दिएको थिएन ।
निर्वाचन आयोगले दलहरूले बुझाएको बन्दसूचीबाट निर्वाचित हुने सांसदको नाम टुंगो लगाउन आज अपराह्नसम्मको समय निर्धारण गरेको छ ।







