Logo

समायोजित सेनाको मागप्रति सकारात्मक छु: प्रचण्ड



चितवन, ९ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताएका छन् ।

अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए ।

उनले भने, “उहाँहरुको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो । यसमा मैले सङ्गठनमा बस्ने मिल्छ । निर्वाचन लड्न पनि मिल्छ भनेको छु ।” पूर्वसेनाको सङ्गठनमा बसेरसमेत काम गर्नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरुको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए । तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्