Logo

समितिको बैठक क्यालेन्डरअनुसार बस्नुपर्छ: सांसद शर्मा



काठमाडौँ, ११ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले समितिको बैठक क्यालेन्डरअनुसार चलाउन माग गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाएका थिए । उनले नेपाली नागरिकको पक्षमा कानुन बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरेर बैठक बोलाउन माग गरेका छन् ।

उनले भने, ‘विद्यालयमा हुँदा पनि यो पिरियडमा यो पढाइ हुन्छ भन्ने कुरा थाहा हुन्थ्यो । सांसद भएर आइयो र समितिको बैठक कहिले हुन्छ भन्नेकुरा हामीलाई यहाँबाट खटाएर एसएमएस गरेपछि लुगाफाटा लगाएर हत्तपत्त नुहाइधुवाई गरेर आउनुपर्ने स्थिति छ । कि त मतदान गरौँ, कि त यो उत्तर कोरियाको पार्ल्यामेन्ट हो भन्नुपर्छ, होइन भने मेजेरिटीको इन्ट्रेसलाई एड्रेस गर्नुपर्छ । बुझ पचाएर बस्न पाइँदैन । तपाईंले क्यालेन्डर दिनैपर्छ । आज यसको उत्तर पनि दिनुपर्छ, क्यालेन्डर दिने की नदिने, नदिने भए किन? कति बेला समिति बस्छ भनेर रुँगेर बस्ने हो?’

प्रतिक्रिया दिनुहोस्