झापा, १५ कार्तिक । समूह बिद्यालय अर्जुनधारा नगरपालिकाले शुभ दिपावली, छ्ठ पर्वको शुभकामना सहित स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।
अनिवार्य अवकाश हुनुहुने समूह बिद्यालय अन्तर्गत नवदुर्गा आधारभूत बिद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद खतिवडा त्यसै गरि मेचीनगर नगरपालिका सरुवा हुनुहुने शिक्षा युवा तथा खेलकुद शाखाकी शिक्षा अधिकृत सुनिता भट्टराई तथा शिक्षा बिकास तथा समन्वय इकाई झापाबाट भर्खरै अनिवार्य अवकाश हुनु भएका प्रमुख, सह सचिब राजकुमार बिकज्युलाइ सम्मान पत्र एवम् मायाको चिनो प्रदान गर्दै सम्मान एवम् बिदाइ गरिएको छ ।
त्यसै गरि नवदुर्गा आधारभूत बिद्यालयका प्रधानाध्यापक तोया ओलि तथा शिक्षा बिकास तथा समन्वय इकाई झापाका प्रमुख देबेन्द्र मल्ललाई मायाको चिनो सहित स्वागत गरिएको थियो ।
नेपालीहरुको महान चाड शुभ दिपावली र छठ पर्वको अवसरमा सम्पुर्ण नेपाली एवम् शिक्षा क्षेत्रमा सेवारत सम्पुर्णमा स्वास्थ्य समृद्धि सहित ध्यान एवम् सीपमुलुक गुणस्तरीय शिक्षा अहिलेको आवश्यकतालाई बिद्यालयमा विद्यार्थीहरुलाइ आचरणयुक्त बनाउन सम्पुर्ण शिक्षासेविहरु लाग्नु पर्ने भन्दै लामो समय सेवा गरि निवृत हुनु हुने सम्मानितहरुमा आउँदा दिन शिक्षा क्षेत्रमा आफ्नो केही समय दिनु भए समाज परिवर्तनमा ठुलो योगदान रहने र सरुवा हुनु हुने र नवआगन्तुक शिक्षा प्रमुख एवम् नव प्रधानाध्यापकहरुलाई सफल कार्यकालको प्रमुख अतिथि शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख एवम् उपसचिव तोयानाथ रेग्मी, बिशिस्ट अतिथि नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, शिक्षा बिकास तथा समन्वय इकाई झापाका प्रमुख देवेन्द्र मल्ल, नेपाल शिक्षक महासंघ अर्जुनधाराका सहअध्यक्ष अम्बर राउत,नेपाल राष्ट्रिय शिक्षक सगठन अर्जुनधाराका अध्यक्ष केदार प्रसाद पोख्रेल,नेपाल शिक्षक संघ अर्जुनधाराकि अध्यक्ष सुजाता सिवाकोटी, सम्मानित ब्याक्तित्व रुद्र प्रसाद खतिवडा, महारानिगन्ज मा बिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइराला लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
जेष्ठ प्रधानाध्यापक इन्द्र प्रसाद उप्रेतीको अध्यक्षतामा संचालित कार्यक्रमको औचित्य एवम् स्वागत समुह बिद्यालय अर्जुनधाराका अध्यक्ष मनबहादुर लिम्बुले गर्नु भएको कार्यक्रमको सहजीकरण सचीव रन्जित परियारले गर्नु भएको थियो ।