बाँके, २४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्याउने बताएका छन् ।
नेकपा एमाले बाँकेले नेपालगञ्जमा बिहीवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले अहिले देशको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पुँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भने । उनले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गरेका थिए ।