Logo

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी एमाले: ओली



काठमाडौँ, १५ जेष्ठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक, परिवर्तनकारी, विकास मुखी र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पुर्‍याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पु¥याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने ओलीको सन्देशमा उल्लेख छ ।

‘जननिर्वाचित संविधानसभाले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आाधारित राजतन्त्रलाई अन्त्य गरेर जनताको सर्वोच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो ।’ ओलीको सन्देशमा भनिएको छ, ‘यस दिनले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहित हुने ऐतिहासिक उपलब्धी हासिल गरेको थियो ।’

प्रतिक्रिया दिनुहोस्