काठमाडौँ,२६ भदौ । मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले हात पारेकी छिन् ।
बुधवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरामा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरेकी हुन् ।
मिस युनिभर्सको पाँचौ संस्करणमा विजेता सम्पदा घिमिरेलाई नेसनल डाइरेक्टर संगीता पुरीले ताज पहिराइन् ।
त्यस्तै फस्ट रनरअपमा स्मृति सिंह, सेकेन्ड रनरअपमा अक्षिता क्षेत्री र क्यारिन मुर्रे थर्ड रनरअप घोषित भए । त्यस्तै सुजल बम पनि फोर्थ ररनअप घोषित भइन् ।