
काठमाडौँ २९ असार । नेकपा एमालेका सचिव गोकर्ण विष्टले समग्रमा सरकारको एक वर्ष पूर्णतः असफल रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो सरकार बनेपछि राष्ट्रिय स्वाधीनता र आत्मसम्मान थप कमजोर बनेको उल्लेख गरेका छन् ।
विष्टले लेखेका छन्, ‘गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारकाबीच राज्य सञ्चालनका न्यूनतम विधि, मूल्य र मान्यता माथि खिल्ली उडाउने गरी बिते । राष्ट्रिय स्वाधीनता र आत्मसम्मान कमजोर बन्यो । राष्ट्र र जनताको जीवन थप कष्टकर बन्यो । सरकारले नागरिकलाई सेवा पुर्याउनुको साटो थप आहत पुर्याउने काम गर्यो । न किसानले समयमा मल पाए न विद्यार्थीले पढ्ने पुस्तक । यो सरकार जनताका आधारभूत समस्या समाधानमा निष्प्रभावी मात्र हैन गैर जिम्मेदार बन्यो । समग्रमा सरकारको एक वर्ष पूर्णतः असफल रह्यो ।’








