Logo

‘सरकारको जजमान मात्र गर्ने भए सरकारी मिडियाको अस्तित्व संकटमा पर्छ’



काठमाडौँ, १५ माघ । सांसद प्रदीप पौडेलले सरकारी मिडियाले सरकारको जजमान मात्र गर्ने भए अस्तित्व संकटमा आउने बताएका छन् ।

उनले सञ्चारको चौतर्फी विकास गर्ने भए मिडिया सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्ने बताएका हुन् ।

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै उनले विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताए ।

त्यस्तै उनले विधेयकले परम्परागत मिडियालाई मात्र अघि बढाएको बताएका छन् । प्रसारण विधेयकले डिजिटल मिडियालाई समेट्न नसकेको उल्लेख गरेका थिए । ‘डिजिटलाइजेसनको कुरा नसमेटेर परम्परागत विषय मात्र समेटेको देखियो । यो विधेयक रिराइट गरौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्