Logo

सरकारको ध्यान समृद्ध नेपाल: अधिकारी



पोखरा, २७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जुनसुकै सरकार गठन भए पनि समृद्ध नेपाल बनाउन सकिएन भने त्यो सरकारको कुनै अर्थ नरहने बताएका छन् ।

युनाइटेड क्लबद्वारा पोखराको अमरसिंह चौरमा आयोजित ११ औँ संस्करणको महोत्सवको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो कुरा बताएका हुन् ।

आम नेपालीको चाहना समृद्ध नेपाल भएकाले अबको सरकार समृद्धितर्फ अगाडि बढ्न जरुरी भएको भनाइ उनको छ ।

रोजगारीको अवसर खोज्दै लाखौँ युवा विदेशिने गरेको भन्दै उनले उनीहरूलाई रोजगारीको सिर्जना नेपालभित्र नै गर्नेतर्फ तीनै तहको सरकार लाग्नुपर्नेमा जोड दिए ।

सरकारले आफ्ना कार्यक्रम बनाउँदा युवा लक्षित हुनुपर्ने भनाइ उनको छ । नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक देश भएकाले यहाँ हुने महोत्सवले सांस्कृतिकरूपमा ठूलो महत्त्व राख्ने बताउँदै मुख्यमन्त्री अधिकारीले महोत्सवको सफलताको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्