काठमाडौँ, १५ फागुन । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।