
काठमाडौं, ३० वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने भएको छ । आज (आइतबार) बसेको कार्यकारिणी समितिको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिए लगत्तै जसपा नेपालले केन्द्रीय सरकारबाट फिर्ता हुने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।
मधेस प्रदेशमा जसपा नेपालले सरकारको नेतृत्व गरेको छ। सो सरकारबाट माओवादी र एमालेले आजै समर्थन फिर्ता लिएका छन् । सङ्घीय सरकारमा जसपा नेपालबाट सो पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री हुनुन्छ । उहाले सोमवार भोली राजीनामा दिने बुझिएको छ ।







