काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जानु अनिवार्य रहेको बताएका छन् ।
राप्रपाले सरकारमा जाने निर्णय गरेसँगै उनले शुभेच्छुकहरू तथा ठूलो पङ्क्तिको असहमति भएता पनि ढिला चाँडो सरकारमा जानै पर्ने बताए।
साथै, लिङ्ग्देनले सरकारमा खरो रूपमा प्रस्तुत हुने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु ।







