काठमाडौँ, ७ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी हुने विषयमा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्षहरू प्रमेश हमाल र वेदुराम भुसालसहित कार्यदल गठन गरेको हो ।
उक्त कार्यदलले गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले मन्त्रालयको विषयमा कुनै निष्कर्षमा पुग्न नसकेको बताए । तर समाजवादीले गृह मन्त्रालयसहित महत्वपूर्ण तीन मन्त्रालय दाबी गर्दै आएको छ ।