काठमाडौँ, १८ पुस । जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने नजाने विषयमा निर्णय गर्न सोमबारदेखि बैठक बोलाएका छन् । जसपाले सोमबार र मंगलबारका लागि राजनीतिक समितिको बैठक बोलाएको छ ।
यसैगरी एकीकृत समाजवादीले पनि सोमबार आजबाट पोलिटव्युरोको बैठक बोलाएको छ । स्थायी समितिको बैठकले ठोस निर्णय नगरे पछि सरकारमा जाने नजाने विषयमा निर्वाय गर्न समाजवादीले पोलिटव्युरो बैठक बोलाएको हो ।
प्रचण्ड नेतृत्वको सरकारलाई जसपाले समर्थन गरे पनि समाजवादीले समर्थन गरेको छैन । तर, भर्चुअल बैठकमा सहभागी केन्द्रीय समितिका सदस्य, जनवर्गीय संगठनका अध्यक्ष र प्रमुखलगायतका अधिकांश अगुवा कार्यकर्ताले सरकारमा जानु पर्ने सुझाव दिएका छन् ।







