Logo

सरकारमा सहभागी हुने-नहुने रास्वपाले आज निर्णय गर्ने



फायल तस्बिर

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने-नहुने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ ।

रास्वपाको आज अपराह्न बस्ने केन्द्रीय समितिको बैठकले सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आए पछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन रास्वपालाई आग्रह गरे पनि रास्वपाले निर्णय गरेको छैन । सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन प्रचण्डलाई अधिकार दएको छ ।

प्रतिक्रिया दिनुहोस्