काठमाडौँ, १६ फागुन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने प्रतिक्रिया दिएका छन् ।
कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्न चाहेको चर्चा चलिरहँदा ट्वीट गरी उनले यो कुरामा सत्यता नभएको बताएका हुन् ।
उनले गत पुस १० गते भत्किएको गठबन्धनलाई पुन स्थापित गर्ने संकल्प पूरा भएको भन्दै उनले कुनै कुरामा आफ्नो दाबी नभएको बताएका छन् ।
उनले भनेका छन पुस १० गते भत्काईएको गठबन्धनलाई पुनस्स्थापित गर्ने त्यहि दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ । अब मेरो दाबि कुनै कुरामा छैन । मेरो नाम अरु संग जोडेर सरकारमा जाने दाबि गरेको भनेर कृपया मिडियामा र सामाजिक संजालमा बहसको बिषय बनाएर मलाई अन्याय नगरि दिनुहोस सबैमा अनुरोध!







