काठमाडौँ, ९ चैत । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायत विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीको बैठक बिहीबार बोलाएको छ ।
उक्त बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
लोसपाले सरकारमा सहभागी हुने तयारीसमेत गरिरहेको र उक्त विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।