Logo

सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय



काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आइतवार सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताएका हुन् ।

उनले संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको बताए । प्रवक्ता महतले आज बस्ने संसद् बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्