Logo

सरकारमा सहभागी हुने जसपाको निर्णय



काठमाडौँ, २१ फागुन । जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले पार्टी सङ्घीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन मङ्गलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक पुनः बस्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्