Logo

सरकारलाई बलियो बनाउन मन्त्री पद त्याग गरेँ: मोदी



काठमाडौँ, २९ साउन । निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताएका छन् ।

राम्रो काम गर्दा गर्दै अप्ठेरोमा परेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उनको भनाइ थियो ।

सोमवार मन्त्रालयमा आफ्नो बिदाइका लागि आयोजित कार्यक्रममा निवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रूपले लिएको बताएका छन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई देश र नागरिकको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिए । किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्रीप्रति आभार पनि व्यक्त गरेका थिए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले केही राम्रो काम पनि गरिराख्नुभएको छ । राम्रो काम गर्दा कहिलेकाँही चौतर्फी घेरा आइराखेको छ । उनले अहिलेको परिस्थितिमा यो सरकारलाई बलियो बनाउन कसै न कसैले त्याग गर्नुपर्‍यो भन्दा मैले सहजै हुन्छ भनेँ ।’

 

प्रतिक्रिया दिनुहोस्