Logo

सरकारले आउँदो वर्ष गाडी नकिन्ने



काठमाडौँ, १५ जेष्ठ । सरकारले आउँदो आर्थिक वर्ष सरकारी कार्यालयका लागि गाडी खरिद नगर्ने भएको छ ।

खर्च कटौतीका लागि सरकारले गाडी खरिद नगर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

यस्तै सरकारले आउँदो आर्थिक वर्ष चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशत घटाउने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्