Logo

सरकारले जग्गा उपलब्ध गराए स्टेडियम बनाउन काठमाडौँ महानगरले पहल गर्छ: शाह



काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् ।

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का पुगेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक सय रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौँ महानगरबाट रङ्गशाला बनाउन पहल गर्नेछौँ ।’

उनले रङ्गशाला बनाउने र केही ठूला खेलहरु आयोजना हुने हो भने खेल विकास हुन सक्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्